प्रहरी भित्रै महिला प्रहरी असुरक्षित, हेडक्वारबाटै उजुरी गायब

0

काठमाण्डौं – ‘सत्य सेवा सुरक्षणम’ को सपथ खाएको जनताको सुरक्षाको प्रत्याभूति गर्ने नेपाल प्रहरी भित्र महिला प्रहरी नै असुरक्षित रहेको तथ्य सार्वजनिक भएको छ ।

यौनहिंसाका उजुरी प्रहरी प्रधान कार्यलयले नै लुकाएर राख्ने गरेको कुरा सार्वजनिक भएको छ । उल्टो पिडकहरुलाई नै संरक्षण गर्दै पीडितहरुलाई सताउने काम प्रहरी हेडक्वाटर बाटै हुने गरेको छ ।

पछिल्लोपटक दुई एसएसपी विरुद्ध यौन शोषणको उजुरी परेपनि त्यसउपर कुनै छानबिन अगाडि नबढाई थन्क्याएर राखिएको छ । हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी बिज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहविरुद्ध गम्भीर उजुरीमा समेत प्रहरी मुख्यालयले आँखा चिम्लिएको हो । दुबै अफिसर माथी महिला प्रहरी कर्मचारीलाई यौन शोषण गरेको आरोप छ । पीडित महिला प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यलयले उजुरी उपर कुनै चासो नदिएपछि गृहमन्त्रालयमा समेत उजुरी दिएपनि अहिलेसम्म न्याय पाउन सकेका छैनन ।

प्रहरीले महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न भन्दै विभिन्न अभियान चलाइरहेको छ । तर संगठन भित्रका यस्ता घटनामा केही सिनियर अफिसरलाई जोगाउने गर्नाले संगठनका तल्लो तहका महिला प्रहरी कर्मचारीले प्रहरीभित्रै आफुलाई असुरक्षित महसुस गर्न थालेका छन ।

अर्कोतिर आर्थिक अनियमितताको उजुरीको अवस्था पनि उस्तै छ । गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका डिआईजी विनोद शर्मा विरुद्ध तथ्यसहितका उजुरी परेको परेको लामो समय हुँदा समेत कुनै कार्वाहीको प्रक्रिया अगाडि बढेको छैन । मातहतका प्रहरी कार्यलय बाट रेट नै तोकेर रकम उठाउने गरेको र रकम नदिनेलाई विभिन्न बहानामा दु:ख दिने गरेको भन्दै प्रहरी बाटै उजुरी परेपनि छानबिनमा भने अहिलेसम्म चासो दिईएको छैन । प्रदेश पाँचका डिआईजी शुरेशविक्रम शाह र कर्णाली प्रदेशका पूर्णचन्द्र जोशी पनि अवकाशको मुखमा पैसा कमाउन व्यस्त छन । तराईका जिल्लाका एसएसपीको अवस्था पनि भिन्न छैन ।

यस्ता उजुरीको छानबिन र कारबाही गर्ने दायित्व प्रहरी निरिक्षणलायको हो । जसको नेतृत्व डिआईजी मनोज न्यौपानेले गरेका छन । उनी कारबाही गर्ने भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थपुर्तिमा लाग्दा यस्तो समस्या आएको हो । प्रहरीको नियमित काम भन्दा क्रसर तथा टिप्परमा भएको लगानीको पैसा उठाउन व्यस्त हुने गरेको बन्दै निरिक्षणलायका प्रहरीलाई उदृत गर्दै दृष्टि न्युजले समाचार लेखेको छ । गम्भीर उजुरीको छानबिनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत चासो नदिंदा प्रहरीभित्र महिलाहरू असुरक्षित महसुस गर्न थालेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.