बिहारको चम्पारणबाट कन्हैया कुमार पक्राउ

0

वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ ।

आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसको जानकारी ट्विटरमार्फत कन्हैया कुमारले जानकारी दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, “आज बापू-धाम (चम्पारण) बाट गान्धीजीलाई नमन गरेर गरिब विरोधी नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता पञ्‍जीकरणको विरोधका लागि एक महिनाको जन-गण-मन यात्रा सुरु हुँदै थियो । विभिन्‍न क्षेत्रका मानिसहरु यस यात्रामा सामेल हुन उपस्थित हुँदै थिए । तर, प्रशासनले केही समयअघि सबैलाई हिरासतमा लिएको छ ।”

हिरासतमा लिएपछि कन्हैया कुमारले भने, “अब मुलुकमा र्‍याली गर्न पनि सरकारको अनुमति लिनुपर्ने भयो । अब श्वास फेर्न पनि सरकारको अनुमति चाहिने स्थिति सिर्जना गरिएको छ । प्रहरीले हामीलाई हिरासतमा लिइएको बताएको छ । हामीलाई नागरिकता सावित गर्ने प्रमाण मागिएको छ । प्रहरी भने हामीले हिरासतमा लिन पक्राउ पुर्जी देखाउन मानिरहेको छैन ।”

बुधबार कन्हैया कुमारले नागरिकता संशोधन कानुनको विरोधमा एक महिना लामो जन-गण-मन कार्यक्रम गर्ने घोषणा गरेका थिए । यस अभियानअन्तर्गत ५० सभा हुने बताइएको थियो ।

बीबीसी

Leave A Reply

Your email address will not be published.