नेविसंघको अध्यक्षमा राजिव ढुंगाना, वैद्य र कुँवर महामन्त्री

0

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा सुनसरीका राजिव ढुंगाना चयन भएका छन् ।

यस्तै महामन्त्रीमा काठमाडौका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर महामन्त्रीमा चयन भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ को बैठकको निर्णय अनुसार नेविसंघको तदर्थ कार्यसमिति चयन गरिएको कांग्रेसले जनाएको छ ।

नियुक्त भएको मितिले ६ महिनाभित्र नेविसंघको आगामी १२औं महाधिवेशन सम्पन्न गर्ने, १२ महाधिवेशन सम्म नेविसंघको केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अधिकार पनि तदर्थ समितिलाई दिइएको छ ।

त्यस्तै अहिले कार्यसमितिमा रहेकाहरू आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन भने यसअघि कायम रहेको नेविसंघको केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ माघ २९ सम्म ३२ बर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेविसंघको आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउने गरि निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।

करिब १ बर्ष अघि विघटन गरिएको नेविसंघ कांग्रेस भित्र भागबन्डा नमिल्दा तदर्थ समिति गठन हुन सकेको थिएन ।

Leave A Reply

Your email address will not be published.