एमसिसी अनुमोदन किन ढिला भयो : सभापति देउवा

0

काठमाण्डौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुने गरेर ल्याएको विधेय संसद्बाट पारित नगर्न आग्रह गरेका छन् । प्रेसमाथि नियन्त्रण भएमा लोकतन्त्र बलियो नहुने भएकाले संविधानमा व्यवस्था भएअनुसार प्रेस स्वतन्त्रता कायम गरेर नागरिक अधिकारको सुरक्षा गर्न माग गरेका छन् ।

आजको संसद् बैठकमा नर्वनिर्वाचित सभामुखलाई शुभकामना दिँदै सभापति देउवाले सरकारको कामप्रति सचेत बनाउने थलोका रुपमा संसद् रहेकाले यसलई स्वतन्त्र बनाउनुपर्ने बताए । संसद् र सभामुख कुनै पार्टीको नभइ निष्पक्ष र स्वतन्त्र बन्नुपर्ने उनको जोड थियो ।

सभापति देउवाले एमसिसीलाई संसद्बाट छिटो अनुमोदन गराउन पनि माग गरेका छन् । नेपालको विकासका लागि ठूलो सहयोग प्राप्त भएकाले यसलाई अनुमोदन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । नेपालको आर्थिक विकासको मुख्य स्रोत बिजुली भएकाले भारतमा विद्युत् बिक्री गर्दा के को आपत्ति भन्दै प्रश्न गर्दै भने, ‘नेपालको आर्थिक विकासका लागि प्राप्त हुन लागेको यति ठूलो अनुदान किन संसद्बाट अनुमोदन नहुने ?’

कांग्रेस सभापति देउवाले कोरोना भाइसर नियन्त्रण गर्न आवश्यक भएकाले सरकारले प्रभावकारी रुपममा काम गर्नुपर्नेमा जोड दिए । साथै उनले चिनमा रहेका नेपालीको अवस्था बारे जानकारी गराउन पनि सरकारसँग माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.