रसुवागढी नाका १५ दिनका लागि बन्द

0

काठमाण्डौं – बुधबारदेखि १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ । मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले भोलिदेखि नाका बन्द गर्ने निर्णय गरेको हो ।

दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको हो ।

नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि नाका पारीसम्म मात्र जान पाउने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.