शिवमाया नेकपा केन्द्रिय सदस्यमा मनोनीत

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ ।

मंगलबार साझ बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रिय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । निवर्तमान उपसभामुख तुम्बाहाङ्फेले उपसभामुखमा निर्वाचित भएसँगै गत माघ ६ गते पार्टी सदस्य समेत नरहने गरि राजिनामा दिएकी थिइन ।

त्यो सँगै उनलाई आजबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा समेत सहभागी हुने बाटो खुलेको छ । यसअघि उनि तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन ।

अब हुने मन्त्रीपरिषद पुनर्गठनमा उनी मन्त्री बन्ने चर्चा छ ।

Leave A Reply

Your email address will not be published.