अधिकारकर्मीहरुलाई तत्काल रिहाई गर्न द्वन्द्वपीडितको माग

0

काठमाण्डौं – काभ्रेका अर्जुन लामाको अपहरण पछि हत्या गर्न निर्देशन दिएको आरोप लागेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखको पदमा सपथ नखुवाउन र आरोपित व्यक्तिलाई कार्वाहीको माग गर्दै शितल निवास अगाडि धर्नामा बसेका द्वन्द्वपीडित तथा अधिकारकर्मी हरुलाई तत्काल रिहा गर्न द्वन्द्व पीडितहरुले माग गरेका छन ।

द्वन्द्व पीडित साझा चौतारी र द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले छुट्टाछुट्टै बिज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यलय अगाडि धर्ना दिन बसेका द्वन्द्वपीडित साझा चौतारीका महासचिव जनक राउत, अर्जुन लामा पत्नी पुर्णिमाया लामा, द्वन्द्वपीडित शंकर बुढाथोकी सहित अधिकारकर्मीहरु चरण प्रसाईं, महामुनिश्वर आचार्य, एलिना गौतम, निराजन थपलिया, विपिन बुढाथोकी, बालकृष्ण घिमिरे, जस्लिना राणा, प्रशान्त त्रिपाठी, राजन कुइंँकेल सहितका व्यक्तिहरुलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

हत्या आरोपितलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने उनिहरुको माग छ ।

Leave A Reply

Your email address will not be published.