निरुशा बनिन मिस नेपाल युरोप

0

युरोपमा पहिलो पटक भएको मिस नेपाल युरोपको बिजेता निरुशा खत्री भएकी छिन् । बेल्जियमको लुभेन सहरमा भएको प्रतियोगितामा निर्णायक मन्डलका तर्फबाट हिडन ट्रेजर न्यासनल डाइरेक्टर प्रमोदरत्न कंसाकरले सोधेको प्रश्नको सर्बोत्क्रिष्ट उत्तर दिएर उनी मिस नेपाल युरोप घोषित भएकी हुन । मिस नेपाल अनुष्का श्रेष्ठले उनलाई मिस नेपाल युरोपको ताजले शोभित गराइन । उनलाई नगद पुरुस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

त्यसै गरी मिस ट्यालेन्टको उपाधी समा पराजुली जर्मनी भइन भने मिस प्रसनालिटी संगिता थापा जितिन । मिस फोटोजनिक मेला नेपालीले जितिन साथै मिस सोसियलको उपाधी श्रद्धासिंह थापाले लिइन । मिस नेपाल युरोपको सेकेन्ड रनर् अपको उपाधी ज्योति भट्ट्ले प्राप्त गरिन भने फर्स्टरनर अप संगिता थापा भइन ।

बिभिन्न देशबाट नेपाली मुलका १० जना युबतीहरुले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको आयोजना द्रिम्स नेपाल बेल्जियमले गरेको थियो ।

Leave A Reply

Your email address will not be published.