शिर्ष नेतालाई देउवाले निवासमा बोलाए, सहमति खोजिंदै

0

काठमाण्डौं – नेपाली कांग्रेस भित्रको विवाद मिलाउन सभापति शेरवहादुर देउवाले आज शुक्रवार विहान सवै शिर्ष नेतालाई वोलाएर छलफल चलाएका छन् । देउवाले वोलाएको वैठकमा कांग्रेसका सवै शिर्ष नेता बुढानिलकण्ठ पुगेका थिए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरु वोलाएर देउवाले छलफल शुरु गरेका हुन् । नमिलेका बिषयलाई आपसी छलफलवाट टुंग्याउन देउवाले भेला डाक्नु भएको नेता एनपी साउदले जानकारी दिए ।
शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुंगो लगाउने बताइएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।

विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए । गत बुधबार साँझ पार्टीका शीर्ष नेताबीच विवादित विषयमा आज टुङ्गो लगाउने गरी सकारात्मक छलफल भएको थियो ।

आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह र सिटौला लगायत उपस्थित भएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठकले गत पुस ११ गते बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

आजको छलफलमा भर्खर सम्पन्न राष्ट्रिसभाको चुनाव परिणामको पनि समिक्षा भएको छ । अव पार्टीले प्रतिनिधीसभा र राष्ट्रियसभामा खेल्नुपर्ने भुमिकाका बिषयमा चर्चा भएको थियो ।

Leave A Reply

Your email address will not be published.