सापकोटा विरुद्धमा सर्वोच्चमा अर्को रिट दर्ता

0

सभामुख निर्वाचित नगर्न माग

काठमाण्डौं – संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको सभामुख पदका एक्ला उम्मेदवार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दायर भएको छ ।

काभ्रेका अर्जुन लामाको अपहरण पछि हत्या गर्न निर्देशन दिएको आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठिले आज (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका हुन ।

सापकोटालाई सभामुख बनाउन नहुने भन्दै अधिकारकर्मीहरुले माइतीघरमा पनि प्रदर्शन गर्दै आएका छन । उनी विरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक अदालतमा विचाराधीन अवस्थामा छ ।

Leave A Reply

Your email address will not be published.