हत्या आरोपितलाई सभामुख नबनाउन भन्दै दोस्रो दिन पनि अधिकारकर्मीको माइतीघरमा प्रदर्शन

0

काठमाण्डौं – काभ्रेका अर्जुन लामाको अपहरण पछि गरिएको हत्या प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन भन्दै अधिकारकर्मीहरुले माइतीघर दोस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन ।

कर्तव्य ज्यान मुद्दाको जघन्य आरोप खेपिरहेका सापकोटालाई सभामुख जस्तो उच्च चरीत्रवान मानिने पदमा नियुक्त गर्न नहुने उनिहरुको भनाई छ ।

विधिको शासनको सम्मान गर्न, पीडितको आत्मसम्मानमा ठेस नपुर्‍याउन पनि अधिकारकर्मीले जोड दिएका छन ।

माइतीघरमा दु:ख नगर्न प्रचण्डको आग्रह

यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सापकोटाको विरोधमा माइतीघरमा प्रदर्शन गरिरहेका अधिकारकर्मीलाई लक्षीत गर्दै सभामुखका लागी सिंगो राष्ट्र नै एकठाउँमा उभिएका बेला माइतीघरमा गएर दु:ख नगर्न अधिकारकर्मीलाई आग्रह गरेका हुन ।

त्यस्तै कार्यकारी अध्यक्ष प्रचण्डले सापकोटाको विरुद्ध कुनै मुद्दा नै नरहेको दावी गरे । ‘उहाँ माथी कुनै मुद्दा छैन, बेकारका कुराको पछि नलाग्नुहोस’ भन्दै उनले प्रतिपक्षी दल सहित अरु पार्टीले समेत समर्थन गरिसकेको अवस्थामा माइतीघरमा प्रदर्शन गर्नुको कुनै तुक नभएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.