कांग्रेस संस्थापन इतर पक्ष फेरि सक्रिय, देउवालाई दवाव दिने तयारी

0

काठमाडौं – महाधिवेशन कार्यतालिका बिषयलाई लिएर चर्केको कांग्रेस भित्रको विवाद अझै सेलाएको छैन । विहिवार दिउँसो एक्कासी संस्थापन इतर पक्षले भेला गरेपछि विवाद साम्य हुन नसकेको स्पष्ट भएको छ । सभापति शेरवहादुर देउवाले सबैको सहमतिमा पार्टी संचालन गर्ने आश्वासन दिएपनि इतरपक्ष अझै विश्वस्त हुन नसकेको देखिएको छ ।


विहिवार काँग्रेस संस्थापन इतर पक्षका नेताहरु महाराजगञ्जमा भेला भएर संस्थापन पक्षसंग डटेर अघि बढ्ने तयारी थालेका छन् । महामन्त्री शशांक कोइराला निवासमा अधिकांश शिर्ष नेता सहभागी थिए ।


वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायत सहभागी भएर छलफल गरेका थिए । बुधबार साँझ सभापति देउवासंग भएका बिषयमा नेताहरुले भेलामा जानकारी गराएका थिए । भेलामा सहभागीले देउवाले सभामुख उम्मेदवारमा खेलेको भुमिकाप्रति असन्तुष्ट ब्यक्त गरेका थिए ।


सँगै पार्टीको पछिल्लो विवादबारे भएको छलफलका सम्बन्धमा इतर पक्षले नेताहरुलाई जानकारी गराएका थिए ।


महामन्त्री कोइरालाले देउवासँग भएको कुराहरुमा सबै नेताहरुको राय लिन बरिष्ठ नेता पौडेललाई वोलाएका थिए । त्यसपछि सवै नेतालाई निमन्त्रणा गरिएको थियो । महाराजगञ्जमा इतर पक्षका नेताहरु भेला भएपछि फेरि संस्थापन पक्ष चिढिन सक्ने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.