तिहाड जेलमा सुरु भयो निर्भयाका दोषिलाई फाँसी दिने तयारी, सोधियो अन्तिम इच्छा

0

१ फेब्रुअरी २०२०, त्यो दिन हो, जुन दिन निभर्याका अपराधिहरु अक्षय, विनय, मुकेश र पवन चार जनालाई बिहान ६ बजे झुण्डयाइनेछ । पहिले यसका लागी २२ जनवरी का लागी तारिख तोकिएको थियो तर अपराधिहरुको केही केसका कारण मृत्युदण्डको नयाँ तारिख तोकिएको हो । तिहाड जेलमा अपराधिहरुलाई मुत्युदण्ड दिनुअघि केही प्रक्रिया अगाडी बढाइएको छ । जसमा प्रसाशनले उनीहरुको अन्तिम इच्छा सोधेकोे छ ।

प्रसाशनले भनेको छ, ‘चार जना अपराधिहरुलाई सुचना पठाइएको छ, जसमा उनीहरुको अन्तिम इच्छा सोधिएको छ कि फेब्रुअरी १ मा झुण्डनु भन्दा अघि उनीहरु अन्तिम पटक को सँग भेट्न चाहन्छन् ।’

सुचनामा यो पनि सोधिएको छ कि उनीहरुको नाममा कुनै सम्पत्ति छ भने उनीहरुले मर्नुअगाडि कसको नाममा गर्न चाहन्छन् ? वा यदि तिनीहरू कुनै धार्मिक पुस्तक पढ्न चाहन्छन् वा कुनै धार्मिक नेतालाई भेट्न चाहन्छन् भने जेल कारागारले उनीहरूलाई यसमा मद्दत गर्न सक्दछ । यद्यपि आरोपीले प्रसाशनलाई के जवाफ दिएका छन् त्यो भने थाहा हुन सकेको छैन् ।

अमर उजाला

Leave A Reply

Your email address will not be published.