हर्न निषेध गर्न प्रहरी असफल, वातावरणविद् चिन्तित

0

काठमाण्डौं – सरकारले देशका ठुला सहरमा लागु गरेको ‘हर्न निषेध कार्यक्रम’ निष्प्रभावी वन्दै गएको छ । सवारीको हर्न बजाउने क्रम झन अनियन्त्रित वन्दै गएपछि नेपालको ट्राफिक प्रहरी असफल सावित भइसकेको वातावरणविदले बताएका छन् ।

खासगरि, उपत्यकामा चरम रुपमा हर्नको आवाजले सर्वसाधारण मात्र होइन विदेशी पर्यटक पनि मारमा परेका उनिहरुको भनाई छ । काठमाडौं उपत्यकामा अहिले हर्न आतंक फैलिएको छ । दुइ बर्ष अघि सरकारले यो कार्यक्रम लागु गर्दा अलिअलि नियन्त्रण भएको हर्न अहिले फेरि उस्तै कोलाहल र ध्वनी प्रदुशणले सर्वसाधारण आजित भएका छन् ।

यसमा ट्राफिक प्रहरीले काम गर्न नसकेको विदहरुले ठहर गरेका छन् । सवारी चालक पनि ट्राफिक प्रहरीले कारवाही गर्न छोडेपछि जोडतोडका साथ हर्न बजाउन थालेका छन् । खासगरि, सार्वजनिक बस, माइक्रो बस, ट्याक्सी, नयाँ किनेका कारहरु, ग्रामिण क्षेत्रवाट आएका मोटरसाइकल र सडकमा दादागिरी देखाउनेहरुले हर्न ज्यादा बजाउने एक सर्वेक्षणले देखाएको छ ।

काठमाडौंदेखि काभ्रे रुटमा चल्ने बसहरुले उपत्यका छिरेपछि पनि उस्तै हर्न बजाएर हैरानी पारेको पैदल यात्रुहरुको गुनासो छ । सार्वजनिक बसका यि चालकहरु कसैलाई टेर्देनन् । उनिहरु मनलाग्दी हर्न बजाएर सवैलाई सताउँछन् ।

किन हर्न बजाउनु भएको भन्ने प्रश्नमा धुलिखेल काठमाडौं रुटका चालक हेमबहादुर तामाङ भन्छन्, हर्न बजाउन पाउनु पर्यो नि, मान्छेले वाटो छेक्छन्, अनि बजाएको ।’ हर्न बजाएपनि ट्राफिक प्रहरीले वास्ता गर्न छोडेको र कारवाही भोग्न नपरेको उनले सुनाए ।

ट्राफिक प्रहरीले यस्ता चालकलाई हदैसम्मको कारवाही गर्नुपने सर्वसाधारणको माग छ । लाइसेन्स दिने बेलामा यि चालकलाई समुहमा राखेर तालिम दिनुपर्ने वातावरणविदको सुझाव छ । कम पढेलेखेका र सभ्यताका पाठ नसिकेका अधिकांश चालकले हर्न बजाउने गरेको पाइएकोले तालिम दिएर मात्र सवारी चालक अनुमति दिनुपर्ने उनिहरुको माग छ ।

सर्वसाधारणहरु हर्न बजाउने चालकवाट हैरानी भएको गुनासो गर्दे आएका छन् । कति गुनासो गरेपनि नजिकैको ट्राफिकले कारवाही गर्न वास्तै गर्देन, ववरमहलमा भेटिएकी यात्रु सुनयना कर्णजीतले भनिन्, पहिला त प्रहरीले नै सभ्यताको तालिम लिनुपर्छ अनि वातावरण सुधार हुन्छ ।’ प्रहरीमा ट्राफिकको ज्ञान नभएको उनको तर्क छ ।

तर, नेपालको ट्राफिक प्रहरीसंग हर्न बजाउनेलाई कारवाही गर्ने साधन स्रोतको अभाव छ । हर्न बजाएर भाग्ने चालकलाई पछ्याएर पक्राउ गर्न स्ट्याण्डवाइ सवारी साधन छैन । हर्न बजाउनेहरु कुदिहाल्ने र पछ्याएर पक्राउ गर्ने साधन नभएको एक ट्राफिकले गुनासो गरे ।

विकसित मुलुकमा भने पछ्याएर वा सिसी टिभी मार्फत हेरेर हर्न बजाउनेलाई घरमै जरिवानाको विल पुग्ने गर्छ । जरिवाना तिर्न अटेर गरे बर्षौं जेल बस्नुपर्ने हुन्छ । तर, नेपालमा हर्न बजाउनेलाई कारवाहीको प्रक्रिया निकै फितलो छ । अस्पताल, स्कुल, कलेज मात्र होइन अन्य स्थानमा पनि हर्न बजाउन ट्राफिकले कडाइ नगर्दा यो अवस्था निम्तिएको धेरैको भनाई छ ।

ट्राफिक प्रहरीले देशभर हर्न निषेध कार्यक्रम चलाउन आवस्यक छ । अनि मात्र यो कार्यक्रम सफल हुने धेरैले विश्वास गरेका छन् ।
हर्न निषेधका लागि काम गरेपनि जनचेतना नहुँदा कठिनाई भएको उपत्यका ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल बताउँछन् । ‘देखेसम्म हर्न बजाउनेलाई कारवाही गरेका छौं, उनले भने,‘तर, जनशक्ति, साधन स्रोतको अभावले सोचे जति काम गर्न सकिएको छैन ।’

यसका लागि सबै नागरिकको सहयोग आवस्यक भएको उनले बताए । उपत्यकामा माग अनुसारको आधा संख्या ट्राफिक प्रहरी जनशक्ति अभाव छ ।

Leave A Reply

Your email address will not be published.