दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको आदेश

0

आदेशपछि प्रसाईं फरार

काठमाण्डौं – बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा अदालतमा दर्ता गराएका थिए ।

सोही मुद्दामा अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । अदालतको आदेश लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए ।

तर उनी नभेटिएको प्रहरीले बताएको छ । प्रसाईं फरार भएको प्रहरी स्रोतले बताएको छ । उनको खोजी कार्य भने जारी रहेको बताइएको छ । जुनसुकै बेला पनि पक्राउ गर्नका लागि सबै संयन्त्र परिचालयन गरिएको प्रहरीको बताएको छ ।

Leave A Reply

Your email address will not be published.