पासापुंच बेल्जियमले नयाबर्ष 1146 अर्थात् न्ह्यु दयां भिन्तुना र म्हपूजा कार्यक्रम सम्पन्न गरेकोछ। एक रंगिन समारोह आयोजना गरेर नेवारी संस्कार अनुसार बेल्जियममा म्हपुजा र नेवारी नयाबर्ष मनाइएको हो ।
प्रमुख अतिथिको रुपमा उपस्थित बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले यस्तो कार्यक्रममा पहिलो पटक उपस्थित भएको र नेवारी कला संस्कृतिको विदेशमा यसरि प्रयोग हुनु खुशीको बिषय हो भन्नु भयो।
अनौपचारीक रूपमा संचालन गरिएको कार्यक्रममा पसापुंच बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठले नेवारी संस्कृतिको बारेमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा बिशेष गरि म्हपुजा ,देउसी भैलो र नाचगान गरेर बिशेष मनोरंजन गरिएको थियो .
संस्थाका सदस्य शुस्मा जोशीको संयोजकत्वमा भएको कार्यक्रमको ब्यबस्थापनमा महासचिब शंकर श्रेष्ठ र कोषाध्यक्ष बिमल श्रेष्ठ हुनुहुन्थ्यो भने वारमा उपाध्यक्ष विराट जोशीले सहयोग गर्नु भएको थियो . सचिब विपिन राय ज्यूले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित पाहुना एबम सदस्यहरुलाई संस्थाका अध्यक्ष सुर्यनारायण श्रेष्ठले स्वागत तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन विशेष भुमिका निभाउनु हुने पूर्वअध्यक्षहरु रजनी प्रधान, रोशन जोशी,योगेन्द्र श्रेष्ठ र चिज कुमार श्रेष्ठ लगायत पुजा सामग्री, मन्डप बनाउन, खाना ब्यवस्थापन गर्न, म्युजिक ब्यवस्थापन सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

