नेविसंघ विवाद : कुन नेताको गोजीमा कुन विद्यार्थी ?

0

कुन विद्यार्थीको विरोधि नेता को ?

काठमाण्डौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पौष ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १४ औं महाधिवेशन घोषणा लगायत भातृ संगठन र विभाग गठन एकल निर्णय गर्दै वहुमतले पारित गरेपछि चिडिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जिल्ला सभापतिको भेला सकिएलगत्तै देउवा–पौडेल भेटवार्ताले कांग्रेस भित्रको आन्तरिक द्धन्द्ध सहमती उन्मुख देखिएको छ ।

नेपाल विद्यार्थी संघ नेविसंघकै कारणले पार्टीमा चुलिएको झगडा नेविसंघ गठन सहमतिकै आधारमा टुंग्याउने गरी पार्टी उपसभापति तथा वार्ता टोलीका संयोजक बिमलेन्द्र नीधि र नेता प्रकाशमान सिंहको कार्यदलले निर्णयको फेहरिस्त तयार पारेपछि १०१ को कार्यसमिति सदस्यसहित सहमति हुने निश्चित प्राय देखिएको छ । देउवा पक्षबाट ५०, पौडेल पक्षबाट ३० र सिटौला पक्षबाट २० प्रतिशत गरि १०१ कार्यसमिति सदस्य बनाउने गोप्य सहमति भएपछि तीन नेताहरुको पछाडि विद्यार्थी नेताहरुको दौडधुप सुरु भएको हो ।

केहि दिन अगाडि देउवा निवास बुढानिलकण्ठमा सभपति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौलाबीच सहमतिकाआधारमा पार्टी संगठन संचालन गर्ने, महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने र भातृ संगठनमा पौडेल पक्षलाई सम्मानजनक स्थान दिने भएपछि उनीहरु एक हुन तदारुकता देखाएका हुन् । तीन नेताहरु भएको भेटघाटपछि पौडेल उपचारको निहुँ निकाल्दै भारत भ्रमण निस्केका छन् ।

१४ औं महाधिवेशनमा सभापतिको दावेदार रुपमा मानिएका पौडेलको स्वास्थ्य चेकजाँच भन्दा राजनीतिक हिशावले महत्व पाउने पक्का देखिएको छ सोमबार दिल्ली पुगेका पौडेलले बुधबारदेखि भारतका शीर्ष नेताहरुलाई भेटघाट गरेका छन् । उनले यो समाचार तयार पार्ने समयमा भारतका रक्षामन्त्री एवं भाजपाका पूर्व सभापति राजनाथ सिंहसँग भेटघाट गरेका छन् । यसरी पार्टी भित्रको अन्तरविरोध साम्य देखिनु र पौडेल भारतको भ्रमणमा निस्किनुलाई राजनीतिक वृतमा फरक तरिकाले विश्लेषण गर्न थालिएको छ । उनको यो भ्रमण १४ औं महाधिवेशनको तयारी र आफु सभापति बन्न भारतिय नेताहरुले खेल्ने भूमिकाको स्थान खोज्न लागेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

के हुँदैछ नेविसंघको भित्री तयारी ?

लामो समयसम्म पार्टीको कन्चडो तताएको कांग्रेस भित्रको भातृ संगठन हो नेविसंध जो लामो समयदेखि भताभुंग छ । नत महाधिवेशन गर्न सक्यो नेविसंघले नत माउ पार्टीले काठघरमा उभाउन नै सक्यो । समय तोक्दै राख्यो तर तोकेको समय सकिएपछि स्वत विघटन भयो जुन नेविसंघको लागि ठूलो घाटा पर्यो । यहि संगठको विषयलाई लिएर पार्टीमा समेत ठूलै तरंग आइलाग्यो उप निर्वाचन कांग्रेस एक छ भन्दै विगुल फुकेर चुनावमा होमिएको कांग्रेस चुनावको सम्पूर्ण नतिजा सार्वजनिक हुन नपाउँदै छिचोलिन थाल्यो ।

भुसको आगो झैं सल्किएको आन्तरिक द्धन्द्धमा फस्यो कांग्रेस । देउवा–पौडेल र सिटौला आफ्नो मनोमानीमा बैठक बस्न थाले । सभापतिको निर्णय नमान्ने भन्दै पौडेल–सिटौला नेताको घर घरमा बैठक बसे । पार्टीका बैठक छोडेर कोठे बैठकमा रमाए । देउवाले १४ औं महाधिवेशको मिति बहुमत तय गर्नुका साथै केहि महत्वपूर्ण निर्णसँगै पौडेल पक्ष अत्तालियो र कांग्रेस जिल्ला सभापतिको भेला बोलायो । सभापतिहरुले मिल्नुको विकल्प नभएको र देउवाले पौडेलसँग बसेर समस्या समाधान गर्ने बताएसँगै केहि मत्थर भएको कांग्रेसले नेविसंघको बारेमा मोटामोटी सहमती गर्न पुग्यो ।

पार्टीको भित्रि सहमति पछि कुन विद्यार्थीलाई नेविसंघ सभापति र महामन्त्री बनाउने भन्ने कसरतमा कांग्रेस नेता फेरी देखिन थालेका छन् । पछिल्लो केहि दिन यता विद्यार्थी नेताको दैलोमा र नेता विद्यार्थीको छनोटमा व्यस्त देखिएका छन् । नेविसंघको नेतृत्व देउवा पक्षका राजिव ढुंगाना पक्का पक्की जस्तै भएपछि महामन्त्रीको लविङमा यतिवेता नेताहरुको दौडधुप चर्को देखिएको छ । सहमती पश्चात पनि बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिपक गिरी, चन्द्र भण्डारी, गुरु घिमिरे, बद्री पाण्डे, महेन्द्र शर्मा, रंजित कर्णले ३२ वर्षमुनिको नेविसंघ गठन गराउन निरन्तर दवाव दिइरहेका छन् । केहि दिन अघि महामन्त्री शशांक कोइरालालाई उक्साएर ३२ वर्षे उमेरहद लगाउन दवाव दिएका हुन् । तर दुई तिहाइ कम्युनिष्टसग लड्नुपर्ने भएकोले देउवा पौडेल र सिटौला उमेरहद नलगाउने गरी गठन गर्न सहमत भएका छन् ।

नेविसंघ र अन्य विषयमा सहमति जुट्ने भएपछि ति नेताहरु सहमति भाड्नलाई वार्ताकार बिमलेन्द्र नीधि र प्रकाशमान सिंहको कार्यदयलाई उक्साउन लागि परेका छन् । देउवाले राजि ढुंगानालाई अध्यक्ष र महामन्त्रीमा मनोज वैद्य र शुभराम बस्नेतलाई बनाउने भएपछि पौडेल पक्षले महामन्त्रीमा मोती भण्डारी र दिपक भट्टराईलाई अगाडि सारेका छ । सिटौला पक्षबाट भने धुर्बराज पाण्डेय र बलदेव तिमिल्सेनाबीचमा एक महामन्त्री बन्ने निश्चित छ ।

राजिव ढुंगानालाई सभापति देउवा, ज्ञानेन्द्र बहादुर कार्की, बिजय कुमार गच्छदार, बिमलेन्द्र निधी, पूर्ण बहादुर खड्का र एनपी साउदको साथ छ । महामन्त्रीमा पौडेल पक्षबाट मुख्य दावेदार मोती भण्डारी र दिपक भट्टराई छन् । भण्डारीलाई वरिष्ठ नेता पौडेल, रामशरण महत, शशांक कोइराला लगायत पूर्व अध्यक्षहरु गुरु घिमिरे, रंजित कर्ण, कल्याण गुरुङ र बद्री पाण्डेको साथ छ । भट्टराईलाई पौडेलको साथसँगै हृदयराम थानी, गोबिन्द भट्टराई केशव सिंह र मीनेन्द्र रिजालको साथ छ भने गोबिन्द भट्टराई देउवातिर लागेका हुन् भने वार्ताकार हृदयराम थानिले दिपक भट्टराईलाई महामन्त्री बनाउन दिनको तीन पटक गोबिन्द भट्टराईसँग परामर्स दिने गरेका छन् ।

मनोज वैद्य नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष हुन् । उनी नेता प्रकाशमान सिंहका निकट मानिन्छन् । देउवाले महामन्त्री बनाइदिने भएपछि सिंहलाई वाइवाई गर्दै उनी पछिल्लो समय देउवासँग टाँसिएका देखिन्छन् । शुभराम बस्नेतलाई सभापति देउवा महामन्त्री पूर्ण बहादुर खड्काको साथ छ । खुम बहादुर खड्काको निधनपछि बस्नेतसमूह तितरवितर जस्तै बनेको छ ।

तेस्रोधार सिटौला पक्षबाट युवराज पाण्डेय र बलदेव तिमिल्सेना महामन्त्रीका दावेदार हुन् पाण्डेलाई चर्चित युवा नेता गगन थापा र प्रदीप पौडेलको साथ छ भने वलदेवलाई कृष्ण सिटौलाको साथ छ ।

कुन विद्यार्थी नेताको कुन–कुन नेता विरोधि

  • राजिव ढुंगाना : प्रकाशशरण महत, गुरु घिमिरे, किशोर सिंह राठौर,
  • मोती भण्डारी : चन्द्र भण्डारी, महेन्द्र शर्मा, केशव सिंह,
  • दिपक भट्टराई : शंकर भण्डारी, बल बहादुर केसी, गुरु घिमिरे, रंजित कर्ण,
  • शुभराम बस्नेत : बल बहादुर केसी,
  • मनोज वैद्य : नविन्द्रराज जोशी, मानोजमणी आचार्य,
  • युवारज पाण्डेय : कुन्दनराज काफ्ले

बलदेव तिमिल्सेना : कुन्दरनराज काफ्ले लगायतका अद्धृश्य रुपमा माथि उल्लेखित विद्यार्थी नेताहरुलाई कार्यसमितिमा आउन नदिन जोडतोडका साथ लागेका छन् । नेविसंघलाई कस्को कोल्टामा पार्ने भन्ने दाउपेचमले कांग्रेस किचलो अझै केहि समय रहने देखिएको छ । देउवा–पौडेल र सिटौला पार्टी बलियो बनाएर जानको लागि यि विद्यार्थी नेताहरुलाई जिम्मेवारी दिएर जानु आवश्यक देखिन्छ ।

३२ वर्ष उमेरहदका शुत्रधार गगन कुमार थापा, प्रदिप पौडेल जुझारु नेताहरुलाई रिझाएर पार्टीको पदाधिकारी हुने सुरुमा लागेकोले ३२ वर्षे उमेरहद हटाउने टुंगोमा पुगेका हुन् । पार्टीमा कमजोर भएका नेताहरु अझै पनि ३२ वर्षे उमेरहद कायमै गर्ने धाउन्नेमा छन्

Leave A Reply

Your email address will not be published.