रुसी संविधान संशोधन प्रस्ताव पेश गर्दै पुटिन, प्रधानमन्त्रीद्वारा राजिनामा

0

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले संविधानमा व्यापक फेरबदल गर्ने गरि संविधान संशोधनको प्रस्ताव गरेको केहि घण्टामै प्रधानमन्त्री दिमित्री मेदभेवेदले राजिनामा दिएका छन ।

प्रधानमन्त्रीको राजीनामा सँगै उनको नेतृत्वको सरकार विघटन भएको छ । राष्ट्रपति पुटिनले प्रस्ताव गरेको संविधान संशोधनको प्रस्ताव पारित भए क्रेमलिनको सत्ता सन्तुलनमा महत्त्वपूर्ण परिवर्तन हुने छ । राष्ट्रपतिमा केन्द्रित रहेको शक्ति संसदमा जाने छ ।

राजिनामा दिएका निवर्तमान प्रधानमन्त्री मेदभेदले अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसँग कुरा गर्दै ‘प्रस्तावित परिवर्तन लागू भएमा संविधानका सबै धारा फेरिने छन्, सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने छ । कार्यकारी शक्ति, संसदीय शक्ति र न्यायपालिकाको शक्ति सबैमा आमूल परिवर्तन हुनेछ । यहि कारणले हालको सरकारले राजिनामा दिएको हो ।’ उनले भने ।

राष्ट्रपति पुटिनको प्रस्तावमाथि सर्वासाधारणले आफ्नो मत दिने छन् । सर्वसाधारणले प्रस्ताव पारित गरेमा सत्ताको शक्ति राष्ट्रपतिबाट संसदमा जाने छ । पुटिनले प्रधानमन्त्रीबाट राजीनामा दिएका मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषदको उपाध्यक्ष बनाउने बताएका छन् ।

पुटिनले मेदभेदेवलाई प्रधानमन्त्रीबाट किन हटाएका हुन् भन्ने स्पष्ट भएको छैन । तर उनी आफू लामो समय रुसको शक्तिमा रहनका लागि यस्तो गरेको विश्लेषण गरिन्छ ।

पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिँदै छ । त्यसपछि पनि पुटिन आफ्नो कार्यकाल लम्ब्याउन वा कुनै न कुनै रुपमा रुसको सत्ता केन्द्रमा आफू रहन चाहन्छन् ।

हाल कायम रहेको संवैधानिक व्यवस्था अनुसार पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति बन्न पाउने छैनन् । त्यसले उनले संवैधानिक फेरबदलको प्रस्ताव ल्याएका हुन् ।

संसदलाई वार्षिक रुपमा गर्ने सम्बोधनको क्रममा पुटिनले यो प्रस्ताव ल्याएका हुन् । त्यस क्रममा पुटिनले अब राष्ट्रपतिको कार्यकाल दुईपटकमा सीमित गर्ने बताएका छन् । पुटिनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव गरेका छन् । यसको अध्यक्षता राष्ट्रपति पुटिनले नै गरेका छन् ।

बीबीसी हिन्दी बाट

Leave A Reply

Your email address will not be published.