चीनले हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने : ताइवानी राष्ट्रपति

0

ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि बीबीसीलाई बताएकी छिन् ।

बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले राष्ट्रपति छानिएकी छिन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ । उसले आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउने गरेको छ ।

राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शङ्का अथवा त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको बताइन् । राष्ट्रपति भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले भनिन्, “हामीले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक छैन ।”

“हामी पहिल्यैदेखि स्वतन्त्र राष्ट्र हौँ र हामी आफूलाई गणतान्त्रिक चीन, ताइवान भन्छौँ,”उनले थपिन् । यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले “एक चीन” नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो ।

पछिल्ला वर्षहरुमा एक चीनको अवधारणा एक उपयोगी सम्झौता सावित भएको ताइवानका समर्थकहरुको दावी छ ।

Leave A Reply

Your email address will not be published.