अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारियो

0

अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ ।

पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्याउन थालेपछि आदिवासी समुदायको आग्रहमा त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ ।

हेलिकप्टरबाट व्यावसायिक सुटरहरुको सहायतामा ऊँटलाई मारिएको जनाइएको छ ।
खडेरीका कारण दक्षिणी अस्ट्रेलियाका रैथानेहरुलाई असर पुगेको छ ।

अष्ट्रेलियामा डढेलोका कारण बढेको गर्मी र सुख्खाका कारण पनि उँटहरु शहरमा आएको बताइएको छ ।डढेलोकै कारण त्यहाँ ५० करोड पशुपंक्षी समेत मरिसकेका छन् ।

जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने गरिन्छ । अझै पाँच हजार ऊँटहरु मारिने बताइएको छ ।

एजेन्सी

Leave A Reply

Your email address will not be published.