सभामुख चयनमा विभक्त भएको सत्तारुढ नेकपाको ‘हाइकमाण्ड’

0

काठमाण्डौं – ‘राजनीतिमा कोहि शत्रु कोहि मित्रु’ हुँदैन भन्ने जनवोली अहिले सत्तारुढ नेकपामा लागु भएको छ । पार्टी एकिकरणका बेला झ्याप्पै घांटी जोडेका र एउटै लयमा हिंडेका नेकपाका नेताहरु अहिले फेरि विपरित दिशा तर्फ मोडिएका छन् । खासगरि, नेकपाको सचिवालय समुहमा देखिएको एकतामा पुन: बादल लागेको छ । नेकपाको सचिवालय समुहमा ९ जना सदस्य छन् । पार्टी संचालनमा यहि समुहले देशभरका नेटवर्कलाई दिशानिर्देश गर्दे आएको छ ।

पार्टी अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा छन् । सचिवालय संचालनका लागि विष्णु पौडेललाई महासचिव बनाइएको छ । पार्टी एकिकरणका बेला निर्मित यो सचिवालयले पार्टीको कामकारवाहीदेखि सरकार संचालनसम्मका बिषयमा निगरानी राख्दै आएको छ । पछिल्लो पटक यहि सचिवालय सभामुख चयनका बिषय निकै असरल्ल परेको र नेताहरु विच मनमुटावको अवस्था सृजना हुन थालेको समाचार वाहिर आएका छन् ।

सत्तारुढ नेकपाको यो हाइकमाण्ड टिम अहिले लाचार जस्तै वनेको छ । महत्वपुर्ण धेरै बिषयमा निर्णय लिन सकेको छैन । यसको पछिल्लो उदाहरण हो, ‘सभामुख चयन प्रक्रिया’ । सत्तारुढ दलवाट उम्मेदवार छनौटमा विलम्व गर्दा सभामुख निर्वाचनको काम रोकिएको छ । हाइकमाण्डको यो टिम अहिले आफ्ना–आफ्ना नेताको पक्षमा बोल्छन् । तर, समस्याको गाँठो फुकाउने समाधान कसैले दिंदैनन् । पार्टी एकिकरणका बेला तत्कालिन एमाले र माओवादीका नेताहरु भने टिम बदलेर यो हाइकमाण्ड भित्र नयाँ समिकरण देखा परेको छ ।

सचिवालयमा अहिले ओली कमजोर वनिसकेका छन् । साविक एमालेका नेताहरुले उनको समर्थन गर्देनन् । पछिल्लो पटक पुर्व एमालेका नेता वामदेव गौतमको निवासमा भएको भेलाले यहि प्रमाणित गरिदिएको छ । ओलीलाई अहिले सचिवालयमा पोखरेल र पौडेलको मात्र साथ छ । तर, दाहाल सहित नेपाल, खनाल, गौतम, श्रेष्ठ एकातिर एकजुट देखिएका छन् । सरकारका गृहमन्त्री भएका कारण थापाले भने दाहाललाई अहिले साथ दिएका छैनन् । थापा पहिल्यैदेखि दाहाललाई रुचाउँदैनथे । त्यहि भएर सायद थापाको साथ ओलीलाई हुने अड्कल जानकारहरुले गरेका छन् । तर पनि सचिवालयमा अहिले ओली भन्दा दाहाल शक्तिशाली वनेका छन् ।

दाहालको शक्तिका कारण सभामुख चयन प्रक्रियामा ओलीले पेलेर जान सकेका छैनन् । नत्र भने ओलीले एकलौटी रुपमै सुवास नेम्वाङलाई सभामुख वनाउन नखोजेका होइनन् । तर, ओलीको सचिवालयमा शक्ति कमजोर भएकै कारण अहिले उनि चुप वसेका विभिन्न स्रोतले जनाएको छ । संभवत ः ओलीले अब कुनै निर्णय गर्न चाहेनन् भने दाहाल पक्षले केहि दिन भित्रै सभामुख उम्मेदवारका बिषयमा मुख खोल्ने स्रोतले उल्लेख गरेको छ । सभामुखमा अहिले उपसभामुख डा.शिवमाया तुम्वाहाम्फे, सुवास नेम्वाङ र अग्नी सापकोटाको चर्चा चुलिएको छ । सत्तारुढ दलको यो हाइकमाण्डले निर्णय गर्न नसक्दा सभामुख चयन प्रक्रिया झन झन जटिल बन्दै गएको बिश्लेषकहरु वताउँछन् ।

Leave A Reply

Your email address will not be published.