जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको लागि स्वास्थ्य शिबिर सन्चालन हुँदै

0

जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको पाठेघर खस्ने लगायत अन्य स्त्रीजन्य रोगको बिशेषज्ञ चिकित्सकहरुबाट उपचार् गरिने भएको छ । सम्ब्रिद्ध समाज काठमाडौंको आयोजनामा हुने स्वास्थ्य शिबिरमा दुई जना बिशेषज्ञ चिकित्सक सहितको टोलीले माघ ५ र ६ गते कुशेको भार्मा र माघ ७ र ८ गते छेडागाडको मनघाटमा सेवा दिनेछ ।


स्वास्थ्य सम्बन्धी चेतनाको अभाब, स्वास्थ्य सेवामा पहुचको कमी , स्त्रीरोगका बारेमा भन्न लजाउने चलन र आर्थिक अभाब जस्ता समस्याले दिदीबहिनीहरु रोग पालेर बस्नु पर्ने र त्यस कारण धेरैको ज्यान जाने दु:खद अवस्थालाई न्युनिकरण गर्न शिबिर ब्यबस्थापन गर्न लागिएको कुशे गाउपालिका प्रमुख हरिश्चन्द्र बस्नेतले चारदिशालाई बताउनु भयो ।

त्यस्तै स्वास्थ्य सेवाको अभाबमा गाउका महिला दिदीबहिनीहरुले निकै सकस भोग्नु पर्ने अवस्थालाई अन्त्य गर्ने उद्द्यस्यले शिबिरको तयारी गरिएको छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराको भनाइ रहेको छ ।


बढ्दो बालबिबाह, पौषटिक खाने कुराको कमी, गर्वबती अवस्थामा जोखिमयुक्त काम गर्नु पर्ने, सुत्केरी अवस्थामा सरसफाइको कमी लगायतका कारणहरुले गाउका महिलाहरु पेट र पाठेघर सम्बन्धी रोगको सिकार हुने भएकोले त्यस किसिमका रोगबाट पीडित दिदिबहिनीहरुलाई सहयोग पुगोस भनेर स्वास्थ्य शिबिरको आयोजना गारिएकोले स्वास्थ्यशिबिरमा आई आफ्नो रोगको उपचार् लिन सम्ब्रिद्ध समाजका अध्यक्ष गणेश खनालले अनुरोध गर्नु भएको छ ।

त्यहा उपचार् हुन नसकेका जटिल रोगको उपचार् सुबिधा सम्पन्न अस्पातलबाट गराउन पनि संस्थाले सहयोग गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.