चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरिबिरुद्ध प्रसाईंले दिए अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी

0

काठमाण्डौं – भ्रष्टाचार तथा घुस लिएर राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएकोले ती सबै जफत गर्नुपर्ने माग राख्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले गिरीविरुद्ध ती दुुबै निकायमा उजुरी हालेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहेका बेला तथा हाल आयोगको उपाध्यक्ष पदमा कार्यरत भएकै अबस्थामा घुस लिएर अकुत सम्पत्ति आर्जन गरको प्रसाईको उजुरीमा उल्लेख छ ।

एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस मागेको पनि प्रसाईंले उजुरीमा उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.