स्पेनमा रसायन प्लान्ट बिस्फोट, एक जनाको मृत्यु

0

एजेन्सी – स्पेनको स्वायत्त राज्य क्याटोलोनियामा रहेको रसायन प्लान्टमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको जनाइएको छ ।

बिस्फोट पछि एकजना बेपत्ता रहेको तथा घाइते मध्य दुई जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

तारागोनाको दक्षिणी क्षेत्रमा रहेको प्लान्टमा रसायन दुर्घटनाका कारण भीषण आगलागी समेत भएको छ । दुर्घटना पछी स्थानीय प्रशासनले बासिन्दाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

रसायन बिस्फोट भएपनी बिस्फोट भएको रसायन बिषाक्त नरहेको अधिकारीहरुले दावी गरेका छन । बिस्फोट के कारणले भएको हो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

Leave A Reply

Your email address will not be published.