संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : शेखर कोइराला

0

काठमाण्डौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन्। कोइराला निवासमा मंगलबार आयोजित कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।

कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदैै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रहसमेत गरे।

राष्ट्र र पार्टीका लागि देउवासँग नयाँ सपना छैन : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने दावी गरेका छन् । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने बताए ।

उनले भने, “नेपाली काँग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको हामी बिचकै तिक्तता र फुटका कारणले भएको हो ।” उनले पार्टी सभापति शेरबहादुर देउवा गुट समातेर सभापति भएको आरोप लगाए । गुटभन्दामाथि उठेर सबैलाई समेटर लैजानसक्ने क्षमता पार्टी सभापतिमा नभएको उनले टिप्पणी गरे ।

उनले राष्ट्र र पार्टीका लागि देउवतासँग नयाँ सपना नभएको उल्लेख गर्दै १४औँ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेतासँग छलफल भइरहेको बताए ।

महामन्त्री कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा नेपाली काँग्रेसका लाखौंँ सफल कार्यकर्ता रहेका र उनीहरुलाई सही ढङ्गले परिचालन गर्न सक्षम नेतृत्व आवश्यक भएकामा जोडदिए । उनले पार्टीमा आन्तरिक समस्या भएका कारणले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान अनुसारको काम नगरेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.