ठूला आयोजनामा बजेट अभाव हुन्न: खतिवडा

0

काठमाण्डौं – अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, फास्ट ट्रयाक तथा रेलमार्ग निर्माण सहित ठूला आयोजनामा बजेट अभाव नहुने प्रतिबद्धता जनाएका छन ।

आयोजना संचालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको धारणा छ । परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिंदै स्रोतको व्यवस्थापन सरकारको दायित्व भएको उल्लेख गरे ।

तिनै आयोजनाको निरीक्षण गर्दै मन्त्री खतिवडाले काम तिव्र गतिमा अगाडि बढाउन समेत निर्देशन दिदैं स्रोतको अभाव हुन्छ कि भन्ने चिन्ता लिन नपर्ने धारणा राखे ।

काठमाडौ निजगढ फास्ट ट्रयाक सहित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा धनुषामा रेलमार्ग निर्माणाधीन अवस्थामा छ ।

Leave A Reply

Your email address will not be published.