कस्ले कस्यो सभामुख चयनको गाँठो ?

0

काठमाण्डौं – सभामुख चयन प्रक्रियाले सत्तारुढ दल नेकपालाई अर्को जटिल संकटमा धकेलिदिएको छ । यो संकटले नेपालको संसदीय राजनीतिलाई धक्का दिएको खवरहरु वाहिर आउन थालेका छन् । वाह््य रुपमा नेकपाले निर्णय गर्न नसकेको बिषय देखिएपनि खासमा यो गाँठो कसरी र किन पर्यो ? सबैले यसमा जिज्ञासा राखेका छन् ।

कृष्ण वहादुर महरालाई सनक ब्यक्तिको आडमा आरोप लगाएर जेल कोचेपछि संसदीय राजनीतिमा अर्को खेलको अध्याय खुलेको हो । महरा सभामुख रहेसम्म आफ्ना इच्छा अनुसार संसदलाई उपयोग गर्न नपाउने देखेर गतिशिल रुपमा अघि बढेको संसदीय अभ्यास वन्द गर्ने उद्धेस्यले यो अध्याय खुलेको विस्तारै पर्दाफास हुन थालेको छ । यो खेलमा ६ वटा खेलाडीहरु अगाडी देखिएका छन् । सत्तारुढ दल भित्रका दुई, सत्ता वाहिरका दुई र देश वाहिरका दुई शक्ति मिलेर सभामुख चयनको नयाँ चरणको अध्याय शुरु गरिएको हो । यसको पहिलो शिकार कृष्णवहादुर महरा भइसकेका छन् । अर्को शिकार समकालीन सत्ता संचालक शक्तिसंग जोरी खोज्ने चर्चित ब्यक्ति हुने र त्यसपछि मात्र सभामुखको चयनको कामले गति लिने संकेत वाहिर आएको छ ।

जानकारहरुका अनुसार, महिनादिनसम्म संसदलाई वन्धक बनाएपछि सत्तारुढ दल भित्रका दुई खेलाडीको खेल वाहिर आउन थालेको छ । संभवत अवको केहि महिनापछि निवर्तमान सभामुख महराको कमजोरीलाई टेकेर खेलिएको खेल र संसदलाई वन्धक वनाउने अर्को उपक्रम वाहिर आउने अड्कल धेरैले गर्न थालेका छन् । यसका खास केहि कारण छन् ।

संसदलाई वन्धक वनाउने दललाई कारवाही गर्ने प्रक्रिया संसद सचिवालयले गरेन भने यो कुरा शतप्रतिशत सत्य भएको पुष्टि गर्नेछ । अर्को कुरा सत्ता वाहिरका दुई खेलाडीले यसमा किचलो झिक्न थाले भने यो अर्को पुष्टि भएको मानिनेछ र तेस्रो वाह््य शक्तिले यहि वेलामा नयाँ राजनीति तरंग ल्याएर सत्तारुढ दलको समिकरणलाई भत्काउन थाले भने यो पुष्टि सही भएको मानिनेछ । यदि यी तिनै शक्तिको खेल हो भन्ने प्रमाणित भयो भने नेकपाले वहुमत ल्याएको यो कार्यकाल निकै विवादस्पद र संसदीय अभ्यास माथि प्रश्न उठाइदिनेछ । यसलाई रोक्न सक्ने अनुकुल समय यहि हो, जुन सभामुख चयनको काम शुरु हुँदैछ ।

सभामुख चयनले माघका करिब आधा दिन खेर जाने निश्चित छ । अहिले जुन विवरण वाहिर आएका छन् यी भन्दा निकै भिन्न तरिकाका घटना भित्र भइरहेका छन् । भित्र भएका घटनावाट शिवमाया तुम्वाहाम्फेलाई शिकार वनाउने खेल चलिरहेको छ तर, उनि अहिलेसम्म गलेकी छैनन् । उनको चाहना उपसभामुखमै रहने थियो । तर, अव उनले सभामुख ताकिसकेकी छिन् । पछिल्ला घटनाक्रमले पनि उनलाई यो महत्वकांक्षा जगाएको जानकारहरु वताउँछन् । सायद शिवमायालाई उपसभामुखमै राखेको भए संसदमा सभामुख चयनको यो गाँठो यति जोडले नपर्ने अड्कल धेरेको छ । तर, सत्तारुढ दलले सभामुख पहिलो रोजाई भएकोले त्यसमा पनि सरकार संचालनमा अनुकुल ब्यक्ति खोज्ने संकेत देखाएपछि सभामुख चयनको गाँठो झन झन कस्सिएको हो ।

यो गाँठो कसरी, किन र कस्ले पार्यो ? अवको केहि दिनमै स्पष्ट हुने देखिएको छ । सत्तारुढ दल भित्र देखिएको त्रिपक्षीय शक्ति संघर्ष र नाटकीय विवादले यो बिषय छर्लंग पार्नेछ । राष्ट्रपति बिद्यादेवी भण्डारीले शिवमाया, प्रधानमन्त्री केपी शर्मा ओलीले सुवास नेम्वाङ र पार्टी अध्यक्ष पुष्पकमल दाहालले अग्नि सापकोटालाई अघि सारेपछि वाहिरी रुपमा सभामुख चयनमा त्रिपक्षीय संघर्ष देखिएको हो । तर, खासमा यहाँ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको खेलले सभामुख चयनको गाँठो दिनप्रतिदिन कस्सिंदै गएको आरोप लगाउने पनि छन् । खासमा यो समस्या बल्झाएर गाँठो पार्ने को हो ? यहि माघको पहिलो साता भित्रै सबै छर्लंग हुने राजनीति जानकारहरुको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.