आखिर भीम रावललाई मार्ने धम्की कस्ले दियो ?

0

काठमाण्डौं – सत्तारुढ नेकपाका नेता भीम रावललाई प्रधानमन्त्री निवास वालुवाटार भित्रवाट मार्ने धम्की आएको खवरले यति बेला राजनीति क्षेत्रमा तरंग ल्याएको छ । रावल स्वंयले नै वालुवाटारवाट मार्ने धम्की आएको संचारमाध्यमलाई वताएपछि राजनीति वृतमा तरंग ल्याइदिएको हो ।

रावललाई साँच्ची नै मार्ने धम्की आएको हो वा होइन भन्ने वारे सरकारका अधिकारीले छानविनमा चासो राखेका छैनन् । तर, उनको पार्टी नेकपा र प्रधानमन्त्री निवास भित्र खैलावैला मच्चिएको छ ।

पुर्व रक्षामन्त्री समेत रहेका रावलले पछिल्लो पटक सत्ता संचालन गरिरहेको आफ्नै पार्टीको खरो आलोचना गर्दे आएका छन् । लिपु लेक, लिम्पियाधुरा, महाकाली क्षेत्रमा भारतले सीमा मिचेको वारेमा खरो विरोध गर्दे आएका रावलले नेपाललाई दिने भनिएको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पनि खुलेरै विरोध गरेका छन् । त्यति मात्र नभई उनले वालुवाटार जग्गा प्रकरणदेखि विभिन्न घोटालाहरुमा सरकारकै चर्को आलोचना गरेका छन् ।

केहि दिनदेखि उनलाई वालुटारटारवाट मार्ने धम्की आएको र त्यो प्रधानमन्त्री निवास भित्रवाटै आएको उनि स्वंयले वताएपछि प्रधानमन्त्रीको सचिवालयले भने यो कुरालाई जोडदारले खण्डन गरिसकेको छ । प्रेस सल्लाहकार सूर्य थापाले यो वाइहात भएको र रावलले चर्चामा आउन प्रोपोगण्डा रचेका वताइसकेका छन् । तर, रावलले राष्ट्रियताको पक्षमा आँफु वोल्दा धम्की आएको स्पष्ट पारे । उनलाई कस्ले र किन धम्की दियो यो निकै रहस्यमय र गंभिर बिषय वनेको छ ।

Leave A Reply

Your email address will not be published.