नेपालका लागि बिनय मोहन नयाँ भारतीय राजदुत

0

काठमाण्डौं – पालका लागि नयाँ भारतीय राजदुतमा विनय मोहन क्वात्रा चयन भएका छन् । सन १९८८ बाट कुटनैतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यलयमा सह सचीवका रूपमा समेत काम गरिसकेका छन् ।

उनी भारत र भारत बाहिर विभिन्न कुटनैतिक मिसनमा पनि सहभागी भै सकेका छन् । सार्क सचिवालयमा सन २००६ देखि २०१० सम्म निर्देशकको रूपमा नेपालमा बसेर काम समेत गरिसकेका छन् ।

उनी सन २०१० देखि २०१३ सम्म अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए । नेपालका लागी भारतीय राजदुत मञ्जिव सिंह पुरीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्किएपछि क्वात्रा नेपालको लागि राजदुतमा चयन भएका हुन ।

Leave A Reply

Your email address will not be published.