एनआरएनएमा आर्थिक अपचलनको छानबिन र बिशेष अधिबेशनको माग,

0

गैर आबासीय नेपाली संघमा हुने अनियमितता, संगठन संचालनका अपारदर्शी र मनोमानी प्रब्रित्ती,आर्थिक लाभका लागि संस्थाको दुरुपयोग् भैरहेका बिषयमा बिभिन्न समयमा आवाज उठे पनि बेवास्ता हुँदै आएकोले आशा र अपेक्षा बिपरित एनआरएनएको अधोगतीको यात्रा जारी छ ।

गत अक्टोबरमा काठमाडौंमा भएको विश्व सम्मेलनमा देखिएको गाईजात्रा र संस्थाका शुभचिन्तकहरुबाटै सामाजिक सन्जालहरुमा भैरहेका टिका टिप्पणी मात्र हेर्दा पनि संस्थाको दुर्दशा प्रस्ट देख्न सकिन्छ । सदस्य र शुभचिन्तकहरु बाट उठाईएको रकमको मनोमानी र अपचलन, नेत्रित्व र पहुचवालाहरुको स्वार्थ अनुसार बिधानको ब्याक्ख्या, बिदेशमा पसिना बगाउने श्रमिक नेपालीहरुको टाउको गनेर उनैका नाममा सिमित ब्यक्तीहरु द्वारा गरिने स्वार्थपुर्ती जस्ता कृयाकलापको खुला अभ्यासले बदनाम बन्दै गैरहेको संस्थाको, गत महाधिबेशनमा भएको निर्वाचनको भद्रगोल र धादली, आर्थिक प्रतिबेदनमा देखिएको भ्रस्टाचार लुकाउने प्रयास, समय सापेक्ष संस्था सन्चालनमा अबरोध जस्ता बिषयलाई बिशेष महाधिबेशनबाट सम्बोधन गरिनु पर्ने आवाज उठेका छन ।

संघका निबर्तमान उपाध्यक्ष एबम नबौ माधिबेशनमा अध्यक्ष पदका उम्मेद्वार कुल आचार्यले गत हप्ता लन्डनमा पत्रकारहरु सँग कुरl गर्दै लाखौं एनआरएनहरुको श्रम र पसिनाले बनेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ। यसबारे म वर्तमान नेतृत्वलाई फेरी पनि सजग रहन अह्वान गर्न चाहन्छु भन्नु भएको थियो । आचार्यले संस्थाको उज्वल भबिष्यका लागि धlदलीपूर्ण निर्वाचन प्रकृयालाई स्वीकारे पनि त्यही प्रबित्ती दोहरिए कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि दिनु भएको छ ।

त्यसै गरी निबर्तमान सचिब एबम उक्त अधिबेशनमा महासचिबकी उम्मेद्वार जानकी गुरुङले एक बिज्ञप्ती जारी गर्दै महाधिबेशनले पुरा गर्न नसकेका प्रकृया बिशेष महाधिबेशन बोलाएर पुरl गर्न, सन्स्थालाई बिधी सम्मत ढंगले चलाऊन बर्तमान नेत्रित्व समक्ष माग गर्नु भएको छ । साथै महाधिबेशनमा भएको धादली रोक्न आफुहरुले उठाएका बिषयको प्रमाणहरु पनि सन्लग्न गर्नु भएको छ ।

गुरुङको बिज्ञप्ती र प्रमाणहरु

गैरआवासीय  नेपाली संघको नवौं विश्व महाधिवेशन आँशिक रूपमा सम्पन्न भएको तीन महिना पुग्न लागेको छ । संस्थाको गरिमा र साखमाथि थप आँच आउन नदिन संयम अपनाइ निर्बाचनको मत परिणाम एकतर्फी रुपमा घोषणा गरिएकोमा पनि तटस्थ रहंदै विधान विपरित गरिएका गम्भीर त्रुटिहरुलाई सच्याउंदै लैजानेमा आशावादी थियौं । तर यतिका समय बितिसके पछि पनि नेत्रित्वमा रहनेहरुबाट संस्थाको वैधानिक पाटाहरु, महाधिवेशनका मुलभूत थाति राखिएका पक्षहरुको सम्बोधन र परिपूर्तितर्फ गैर जिम्मेवार रहेको पाइएकोले देहायका बिषयहरु उपर अविलम्व निर्णयमा पुग्न यो बिज्ञप्तीमार्फत ध्यानाकर्षण गराउन चाहन्छु  ।

१. निर्वाचन समिति उपर गरिएका सबै उजुरीहरुको छानबिन र निर्णय सार्वजनिक  गरियोस् ।

२. महासचिव र कोषाध्यक्षको साधारणसभाबाट अनुमोदित नभएको प्रतिवेदनलाई त्यसबेला पछि विशेष समिति बनाई पारित गर्ने भनिएकोमा विशेष समिति हैन, विशेष साधारणसभा बोलाई छलफल चलाईयोस् ।

३. संस्थाले सँरचनागतरूपमा गर्दै आएका काम र प्रगतिको निरन्तरता दिन र अनावश्यक  रूपमा हरेक क्षेत्रमा फेरबदल तुरून्त रोकियोस् ।

उपरोक्त विषयहरु माथि सम्बन्धित पक्षले अविलम्व  सम्बोधन गरी आगामी कार्यक्रम सार्वजनिक गरियोस र सबैको साझा संघ महशुस गर्ने गराउने वातावरण तयार गरियोस् । संस्थालाई यदि विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु । धन्यवाद

जानकी गुरुङ

निवर्तमान सचिव

1। डेलीगेट दर्ता सम्बन्धमा निर्वाचन आयुक्त मार्फत गरीएका पक्षपाती व्यवहार विरूद्ध निर्वाचनमा भाग लिन आएका डेलीगेटहरूको सामूहिक दावी विरोधको दर्ता नम्बर
2।निर्वाचन आयुक्तलाई मतगणनाको परिचयपत्र रिभ्यालिडेट गरी पुन: मतगणना गरी पाऊं घोषणा अगावै अध्यक्षका प्रत्यासी, महासचिवका प्रत्यासी र उपाध्यक्षका प्रत्यासीले सामूहिक रुपमा पठाएको निवेदनको प्रति
3।संघको विश्व संमेलन तथा कार्यसमितीको निर्वाचन सम्बन्धि अनमियतताको कारण सम्पूर्ण प्रकृया स्थगन गरी पाऊ भनि हालेको निवेदन
4। पहिलो पटक निर्वाचनको लागी निकालिएको voter list र पछी फेरी आयुक्तबाट आएको voter list पनि संलग्न छ ।

file:///C:/Users/burge/AppData/Local/Packages/Microsoft.MicrosoftEdge_8wekyb3d8bbwe/TempState/Downloads/Evidence%204%20(%20Final%20Voters_%20List%20NRNA%20)%20(1).pdf

Leave A Reply

Your email address will not be published.