सभामुख विवाद : संसद् बैठक माघ ६ गतेसम्मका लागि स्थगित

0

प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको कुरा नमिलेपछि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर सभामुखका सम्बन्धमा निर्णय हुन नसक्दा संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहेको छ तर उनले राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

यसअघि शनिबार नेकपाको सचिवालय बैठकले शिवमायालाई राजीनामा दिन भनेको थियो । तर, तुम्बाहाम्फेले आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।

Leave A Reply

Your email address will not be published.