प्रतिनिधिसभालाई बन्धक बनाइएको प्रती कांग्रेसको आपत्ति

0

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेकपाको गैरजिम्मेवार व्यबहारका कारण प्रतिनिधिसभा बन्धक भएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ताद्वारा हस्ताक्षरित वक्तव्यमा ‘संसदीय प्रणालीमा सभामुखको नेतृत्वदायी भुमिका हुनका साथै गरिमा र महत्त्व हुन्छ । तर ३ महिना देखि रिक्त रहेको सभामुख चयन गर्न प्रतिनिधिसभाले कुनै प्रक्रिया अगाडि नबढाउनु’ आपत्तिजनक र लज्जास्पद रहेको उल्लेख गरीएको छ ।

सत्तारूढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन समेत सरकारलाई चेतावनी दिएको छ ।

बलात्कार प्रयासको आरोपमा परेर गत ३ असोजमा तत्कालीन सभामुख कृष्णबहादुरले राजीनामा दिए सँगै सभामुख पद रिक्त छ ।

सत्तारूढ दलभित्र सभामुख चयनलाई लिएर विवाद बढे सँगै प्रतिनिधिसभा बैठक सूचना टाँस गर्दै स्थगित गरिदैं आएको छ ।

Leave A Reply

Your email address will not be published.