प्रदेश नं ३ को राजधानी ‘हेटौंडा’ र नाम ‘वागमती’

0

आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी ‘हेटौंडा’ र नाम ‘वागमती’ राखेको छ । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यही निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।
प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

प्रदेश ३ को राजधानी काभ्रपलाञ्चोक हुनुपर्ने पक्षमा सत्तारूढ नेकपाका अधिकांश प्रदेशसभा सदस्य थिए । उनीहरुले प्रदेशसभामा प्रस्तावसमेत लगेका थिए । हेटौंडाको पक्षमा मकवानपुर, चितवन र सिन्धुलीका सदस्यमात्र थिए ।

तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौंडाको पक्षमा मतदान गरेका हुन् । कतिपय सांसदले पार्टी निर्णय नमान्ने चेतावनी दिए पनि अन्तिममा हेटौंडाको पक्षमा मतादन गरेका छन् ।नेकपाले पार्टी निर्णय नमान्ने सांसदको पद जाने चेतावनी दिएको थियो । पार्टी्भित्र हेटौंडा राजधानी हुनु हुँदैन भन्नेमा दुई तिहाइ बहुमत भए पनि केन्द्रको निर्णय कार्यन्वयन गर्नुपर्ने बाध्यता आइलागेको प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताएकी छन् । सांसदहरुले अँध्यारो अनुहार लगाउँदै हेटौंडाको पक्षमा मतदान गरेका थिए ।

प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने नयाँशक्तिबाट निर्वा्चित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए ।


उनको प्रदेशको नाम नेवा ताम्सालिङ राख्ने प्रस्तावमा समर्थक समेत नपाएपछि प्रक्रियामा सहभागी नभएका हुन् । त्यस्तै, प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेशसभाको बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । प्रदेशसभा सदस्य इन्द्रबहादुर बानिंयाले प्रस्ताव गरेको उक्त प्रस्तावको पक्षमा १०८ मत परेको छ । प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे । अव प्रदेश ३ को हेटौंडा राजधानी र नाम वागमती कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.