युक्रेनी विमान दुर्घटना अपडेट: विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु

0

एजेन्सी – इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।

इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।

विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना जर्मनका नागरिक र तीन जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेखेका छन ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्क्सीले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन । उनले मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गर्दै समवेदना पनि व्यक्त गरेका छन ।

युक्रेनको बोइङ–७३७ विमान बुधबार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको केही बेरमा दुर्घटना भएको थियो ।

विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य गरी कुल १७६ जना रहेका र उनीहरु सबैको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीले जनाएका छन् ।

विमानस्थलका प्रवक्ता अलि कसानीले विमानमा रहेका सबैको मृत्यु भएको हो । उनले प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.