बी एण्ड सी अस्पताललाई सम्बन्धन दिन २० करोड घुस मागे : प्रसाईं

0

काठमाण्डौं – झापाको बिर्तामोडमा संचालित बी एण्ड सी अस्पताललाई चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिन २० करोड घुस मागिएको अस्पतालका संचालक दुर्गा प्रसाईंले खुलासा गरेका छन ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण  गिरीले उक्त रकम मागेको उनले जानकारी दिए । चारदिशा सँग कुराकानी गर्दै प्रसाईंले ‘मंसिर १५ गते कार्यलय समयमा निवेदन दर्ता गर्नको लागि म कार्यलयमै गए । उनले निवेदन दर्ता गर्न अस्वीकार गर्दै बेलुकी भेटघाट गरौं भने मैले हुन्छ भने ।’ उनले भने ।

उक्त दिन बेलुकी काठमाण्डौंको होटल द्वारिकामा गिरी सँग भेटघाट गरेको कफि खाँदै कुरा गर्दा ‘म पनि त्यसै यो ठाउँमा आइपुगेको होइन, माथीका नेताहरूलाई पनि रकम बुझाउनुपर्छ । खासगरी बिभागिय मन्त्री गिरिराजमणि ज्यु लाई त पैसा बुझाउनै पर्छ ।’ भन्दै २० करोड रकम मागीएको उनको भनाइ छ ।

उपाध्यक्ष गिरीले घुस मागेको विषयमा प्रसाईंले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई पनि जानकारी गराएका थिए । नेकपा नेताहरूलाई ‘तपाईंहरु सम्झाई दिनुस् र निवेदन दर्ता गराउने वातावरण भयो भने यो कुरालाई छाडौं’ भन्ने कुरा समेत आफुले गरेको उनको भनाइ छ ।

प्रसाईं अध्यक्ष रहेको बी एण्ड सी अस्पताल पुर्वाञ्चलकै ठूलो सुबिधा सम्पन्न अस्पताल हो । उक्त अस्पतालले केहि दिन अघि मात्रै ‘पुर्वाञ्चल क्यान्सर अस्पताल’ समेत संचालनमा ल्याएको छ ।

उक्त अस्पतालमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत लगानी रहेको चर्चा बेलाबेला चल्ने गरेपनि संचालक प्रसाईंले भने उक्त आरोपको खण्डन गर्दै आएका छन ।

फोटो अनलाईन पाना बाट

Leave A Reply

Your email address will not be published.