घुस मागेको आरोप प्रमाणित गर्न प्रसाईंलाई गिरीको चुनौती

0

काठमाण्डौं – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई आफुले घुस मागेको प्रमाणित गर्न चुनौती दिएका छन ।

मापदण्ड पूरा गरेर पनि आयोगले आफ्नो अस्पताललाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन नदिएको भन्दै असन्तुष्ट प्रसाईंले आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको खुलासा गरेका थिए ।

त्यसको जवाफ स्वरुप उपाध्यक्ष गिरीले पत्रकार सम्मेलन गरि प्रसाईंको आरोपको खण्डन गरेका हुन । पत्रकार सम्मेलन मार्फत आरोप प्रमाणित गर्न उनले चुनौती दिएका हुन ।

एक प्रेस बिज्ञप्ती समेत जारी गर्दै उपाध्यक्ष गिरीले ‘मलाई लागेको आरोपको पुष्ट्याई गर्न सम्बन्धित व्यक्तिलाई चुनौती दिन्छु । सञ्चारमाध्यममा उल्लेख गरिएजस्तो म कसैलाई भेट्न द्वारिका होटल गएको छैन । मेरो चरीत्र हत्या गर्ने उदेश्यले प्रायोजित समाचारको म घोर भत्र्सना गर्दछु । र यसको कानुनी उपचारको बाटो अबलम्बन गर्ने नै छु ।’ भन्ने ब्यहोरा समेत उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.