एक सय २२ जना चिनियाँ नागरिकलाई आज निष्काशन गरिदै

0

काठमाण्डौं – पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई बुधबार निष्काशन गरिँदै छ ।

उनिहरलाई आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको अध्यागमन विभागले जनाएको छ ।

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाण्डौं मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

यसअघि पुस २० गते अभद्र व्यवहार अन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

उनीहरुको सबै पैसा दूतावासले बुझाएको जनाइएको छ । विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ ।

नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ ।

उनीहरुलाई आज ट्राभल डकुमेन्ट बनाएर स्वदेश फिर्ता गरिँदै छ । आज साँझ चीनबाटै आउने दुई विमानमार्फत फिर्ता पठाउन लागिएको विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.