युक्रेनी विमान दुर्घटना अपडेट: विमानमा सवार सबैको मृत्यु

0

एजेन्सी – इरानको राजधानी तेहरान नजिकै दुर्घटनामा परेको युक्रेनी विमानमा सवार सबैको मृत्यु भएको भएको खबर सार्वजनिक भएको छ ।

१८० जना यात्रु सवार रहेको उक्त विमानमा यात्रा गरिरहेका सबैको मृत्यु भएको युक्रेनी विदेश मन्त्रालयका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

इरानका सरकारी सञ्चारमाध्यमहरुले भने तेहरान बाट युक्रेनको राजधानी किभ जान लागेको विमान टेकअफ भएको केही बेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको जनाएका छन ।

दुर्घटना पछिको आकस्मिक उद्दारको लागि चार वटा हेलिकप्टर सहित एक दर्जन एम्बुलेन्स उद्घारमा खटिएका भएपनि जहाजमा दुर्घटना लगत्तै आगो लागेका कारण कसैलाई पनि जीवितै उद्घार गर्न नसकिएको उल्लेख गरिएको छ ।

पछिल्लो समय मध्य पुर्वमा अमेरिका र इरान बिचको सम्बन्धमा तनाव चुलिएको र बुधबार बिहान मात्रै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण गरेको केही समयमै विमान दुर्घटना भएको भएपनि विमान दुर्घटनामा इरान अमेरिका तनावको कुनै सम्बन्ध नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

दुर्घटनामा परेको बोइङको ७३७ म्याक्स जहाज सन २०१६ मा बोइङले युक्रेनी एयरलाइन्सलाई हस्तान्तरण गरेको थियो । गत बर्ष बोइङका यहि मोडेलका दुई जहाज लगातार दुर्घटनामा परेपछि अहिले उक्त जहाजको उत्पादन बन्द गरिएको छ ।

Leave A Reply

Your email address will not be published.