युक्रेनी जहाज इरानमा दुर्घटना, कैयौंको हाताहाती भएको हुनसक्ने

0

एजेन्सी – इरानको राजधानी तेहरानमा बुधबार बिहान १८० जना यात्रु सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।

युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

प्रारम्भिक जानकारी अनुसार उक्त विमान युक्रेनको किभ तर्फ उडान भरेको थियो । विमान दुर्घटना लगत्तै विमानस्थल नजिकैको क्षेत्रमा उद्घार टोलीहरु परिचालन गरिएको छ ।

इरानका सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार विमानमा १८० जना यात्रु सहित १२ जना चालक दलका सदस्य विमानमा रहेको उल्लेख गरिएको छ ।

दुर्घटनामा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

Ali Hashem علي هاشم

@alihashem_tv · 1h

#BREAKING an Ukrainian plane carrying 180 passengers crashed close to Imam #Khomeini airport near #Tehran

Ali Hashem علي هاشم

@alihashem_tv

#Breaking First footage of the Ukrainian airplane while on fire falling near #Tehran

Embedded video

2,6589:35 AM – Jan 8, 2020Twitter Ads info and privacy

Leave A Reply

Your email address will not be published.