प्रदेश १ मा राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता

0

काठमाण्डौं – आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता गराएको छन ।

कांग्रेसले झापाका राजेन्द्र कुमार घिमिरे, पाँचथरका निरबहादुर विक र सुनसरीकि मिना पुलामी मगरलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका तर्फबाट प्रदेश १ मा खटिएकी नेतृ डा. डिला संग्रौलाले राष्ट्रियसभामा गौरववान्वीत व्यक्तिहरु पुग्नुपर्ने उल्लेख गर्दै ‘कम्युनिस्टहरु बलियो हुँदा नागरिक स्वतन्त्रता हनन हुन थालेको’ टिप्पणी गरिन । अहिलेको कम्युनिस्ट सरकारको प्रतिरोध गर्न पनि कांग्रेसका उम्मेदवारलाई मतदान गर्न समेत उनले आह्वान गरिन ।

प्रदेश १ बाट राष्ट्रिय सभामा रिक्त भएको दलित एक, महिला एक र अन्य एक गरि तीन सदस्यका लागि मतदान हुनेछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सांसद मतदाता हुनेछन । उनिहरुको मतभार फरक फरक हुने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ९३ जना सांसद र एक सय ३७ स्थानीय तह छन ।

यो प्रदेशमा नेकपाको ६७ प्रतिशत मतभार छ । यसकारण प्रदेश १ मा कांग्रेस बिजयी हुने सम्भावना छैन ।

यस्तै नेकपाले पनि आजै राष्ट्रियसभा सदस्यको लागि मनोनयन दर्ता गराएको छ । नेकपाले झापाका देवेन्द्र दाहाल, मोरङका गोपी अछामी र सुनसरीकी इन्दु गौतमलाई उम्मेदवार बनाएको छ ।

Leave A Reply

Your email address will not be published.