एकै घरका दुई दाजुभाइ राष्ट्रियसभा सांसदको चुनावमा

0

काठमाण्डौं – आगामी माघ ९ गते हुने राष्ट्रियसभा सांसदको लागि एकैघरका दुई दाजुभाई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आइतबार मनोनयन दर्ता गर्दै एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा गर्ने भएका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका घर भएका अनिरुद्र सिंह यादव र उनका भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दाजु अनिरुद्र समाजवादी पार्टीबाट र भाइ मृगेन्द्र राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका छन् । यि दुई दाजुभाइलाई दुवै पाटीले प्रदेश २ बाट उम्मेदवार बनाएका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा पनि दुवैले सप्तरी क्षेत्र नम्बर ४ बाट फरक–फरक पार्टीबाट प्रतिस्पर्धा गरेका थिए ।

मृगेन्द्र तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट र अनिरुद्र मधेशी जनअधिकार फोरमबाट उम्मेदबार बनेका थिए । उक्त निर्वाचनमा दुवै जना नेपाली कांग्रेसका सुरेन्द्र यादवसँग पराजित भएका थिए । मृगेन्द्रलाई राजपाले शनिबार दिउँसो उम्मेदबार बनाउने निर्णय गरेके थियो भने समाजवादी पार्टीले अनिरुद्रलाई शनिबार राति उम्मेदबार बनाउने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.