राष्ट्रियसभाका लागि कांग्रेसले उम्मेदवारको टुंगो लगायो (सूचीसहित)

0

काठमाण्डौं – नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो ।

कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताए । बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि यसअघि नै चुनावी तालमेल गरिसकेका छन् ।
नेकपाले शुक्रवार राष्ट्रिय सभाका लागि उम्मेदवार चयन गरिसकेको छ ।

कांग्रेसका उम्मेदवारहरुको नामावली
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता
प्रदेश नं. ६
१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

Leave A Reply

Your email address will not be published.