आलमपछि कांग्रेसका अर्का सांसद पक्राउ पर्दै, अदालतले जारी गर्‍यो पक्राउ पुर्जी

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ परेको चर्चा सेलाउनै लाग्दा कांग्रेसका अर्का सांसदलाई पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत कपिलवस्तुले कांग्रेस सांसद अभिषेकप्रताप साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित साहलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

प्रदेश ५ प्रहरी कार्यलयले पनि सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेको छ । सांसद साहलाई ‘ज्यान मार्ने उद्योग’ मुद्दामा आबश्यक अनुसन्धानको लागि पक्राउ गर्न अदालत सँग अनुमति मागेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर पदका प्रत्यासी रहेका श्याम मिश्राले सांसद साहले आफुमाथी ज्यान मार्ने उदेश्यले आक्रमण गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए ।

उनिमाथी गत पुस ५ गते कृष्णनगर स्थित सांसद साहको घरमै कुटपिट भएको उजुरीमा उल्लेख छ । मिश्राले दर्ता गरेको उजुरीमा सांसद साह र उनका सवारी चालकले ज्यान मार्ने उदेश्यले कुटपिट गरेको उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.