नेपाली जनसंपर्क समिती बेल्जियमले ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाउने

0

नेपाली काङ्रेश पार्टीको प्रबासी संगठन नेपाली जन संपर्क समिती बेल्जियमले राष्ट्रिय मेलमिलाप दिबस मनाउने जानकारी गराएको छ ।

जनवरी छ तारिख सोमबार लुभेनको टेस्ट अफ एसियामा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्रेश पार्टीका कार्यकर्ता , शुभचिन्तक एबम अन्य बिभिन्न संघ सङ्गठनका प्रतिनिधीहरुलाई सार्वजनिक निमन्त्रणा गरिएको नेपाली जन संपर्क समिती बेल्जियमकी संयोजक सीता सापकोटाले जानकारी गराउनु भएको छ ।

राष्ट्रियता बलियो भएन भने देश सधैं कमजोर हुने र अन्तरराष्ट्रिय शक्तिकेन्द्रको स्वार्थले देशनै नरहने अवस्था आउन सक्ने भन्दै मृत्‍यु दन्डको सजाय हुन सक्ने मुद्दा बिचlराधिन रहेको, नेपाली काङ्रेश पार्टी प्रतिबन्धित रहेको अबस्थामा पनि निर्बासन अन्त्य गरी २०३३ साल पुष १६ गते नेपाली काङ्रेशका नेता बिशेश्वर प्रसाद कोइराला भारत प्रबासबाट नेपाल फर्कनु भएको दिनलाई नेपाली काङ्रेशले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.