एसपी मल्लले छाडे चितवन

0

काठमाण्डौं – जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत एसपी दानबहादुर मल्लले डिएसपीलाई चार्ज बुझाउँदै सरुवा भएको रवाना बुझेर चितवन छाडेका छन ।

एसपी मल्लले चार्ज बुझाएको प्रदेश ३ प्रहरी कार्यलयले पनि पुष्टि गरेको छ । एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको थियो ।

सरुवा भएको दुईहप्तासम्म पनि जिल्ला नछाडेपछी हिजो (बुधबार) प्रदेश ३ प्रहरी कार्यलयले एसपी मल्ललाई १२ घण्टे अल्टिमेटम समेत दिएको थियो ।

मल्लको स्थानमा प्रहरी प्रधान कार्यलयले एसपी गंगा पन्तलाई सरुवा गरेको थियो । मल्लले चितवन नछाडेपछी एसपी गंगा पन्त पनि अहिलेसम्म चितवनमा हाजिर हुन सकेकी छैनन ।

प्रचण्डका पुर्व बडिगार्ड रहेका मल्लले प्रचण्डकै आडमा चितवन छाड्न नमानेको चर्चा हुँदै आएको थियो ।

Leave A Reply

Your email address will not be published.