इरानको अमेरिकालाई चेतावनी: बग्दाद हमलाको चर्को मुल्य चुकाउनुपर्छ

0

इराकको राजधानी बग्दादमा अमेरिकाले हवाई आक्रमण गर्दा मारिएका आफ्ना सैन्य फोर्सका जनरल क्वासिम सोलेइमानी हत्याको अमेरिकाले चर्को मुल्य चुकाउनुपर्ने ईरानले चेतावनी दिएको छ ।

अमेरिकाले बग्दादमा गरेको हवाई आक्रमणमा परि सोलेइमानी सहित आठ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । आफ्ना सैन्य जनरलको मृत्यु बाट आक्रान्त बनेका ईरानका विदेशमन्त्री जावेद जरिफले अमेरिकाले यो दुस्साहसको चर्को मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।

ईरानका विदेशमन्त्री जरिफले ट्विट गर्दै ‘जनरल सोलेइमानी को निशान बनाएर आक्रमण गरि हत्या गर्ने अमेरिकी कदम अन्तर्राष्ट्रिय आंतकवाद को खतरनाक र मुर्खतापुर्ण छ । जरिफको ट्विटमा उल्लेख गरिएको छ ।

Javad Zarif

@JZarif

The US’ act of international terrorism, targeting & assassinating General Soleimani—THE most effective force fighting Daesh (ISIS), Al Nusrah, Al Qaeda et al—is extremely dangerous & a foolish escalation.

The US bears responsibility for all consequences of its rogue adventurism.

12.7K9:43 AM – Jan 3, 2020Twitter Ads info and privacy9,471 people are talking about this

अमेरिकी रक्षामन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश स्थित अमेरिकी अधिकारीहरुको सुरक्षालाई मध्यनजर गर्दै रक्षात्मक कार्वाहीको लागी ईरानको रेभोल्यूनशरी गार्डका कमान्डर कासिम सुलेमानीलाई कार्वाही गर्न आदेश दिएको जनाएको छ ।

यता ईरानको रेभोल्यूनशरी गार्डले सरकारी टेलिभिजनमा एक सन्देश जारी गर्दै कुर्द युनिटका कमान्डर कासिम सुलेमानीको मृत्यु भएको पुष्टि गरेको छ । बग्दादमा भएको अमेरिकी सैन्य हमलामा सुलेमानीको मृत्यु भएको रेभोल्यूशनरी गार्डले जनाएको छ ।

उता हवाई हमलाको प्रतिरक्षा गर्दै ह्वाइटहाउसले भने अमेरिकी सेनाले विदेशी आंतकवादी संगठन ईरानी रिभोल्यूशनरी गार्डका कार्प्स स्क्वाडका प्रमुख कासिम सुलेमानी माथी राष्ट्रपति ट्रम्पको आदेश अनुसार नै कार्वाही गरेको दावी गर्दै सुलेमानी इराक माथी आक्रमण गर्ने योजना बनाउँदै गर्दा मारिएको जनाएको छ ।

बीबीसी हिन्दी

Leave A Reply

Your email address will not be published.