एमसीसीमा चिनको प्रतिक्रिया: ‘आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्छ’

0

काठमाण्डौं – पछिल्लो दिनमा नेपालमा निकै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) बारे छिमेकी देश चिनले पनि मुख खोलेको छ ।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपालले आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिएकी छन । ‘कसैको दबाब परेर भन्दा पनि आफ्नो राष्ट्रिय हित हेरर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’ उनको भनाई छ ।

नेपालले आफ्नो उन्नतिका लागि चिनसँग मात्रै सहयोग लिनुपर्छ भन्ने धारणा चिनको नरहेको उल्लेख गर्दै आर्थिक उन्नतिका लागि नेपाल जुनसुकै देशसंँग सहायता लिन सक्ने भन्दै त्यो नेपालको स्वविवेकको कुरा रहेको उल्लेख गरिन ।

उनले हालै नेपालमा ठूलो संख्यामा पक्राउ परेका चिनियाँ नागरिकहरुले पर्यटन भिसामा नेपाल आएर गैर गैरपर्यटन काम गरेको समेत उल्लेख गरिन ।

एमसीसी स्वीकार गर्ने वा नगर्ने बिषयलाई लिएर सत्तारूढ नेकपाभित्र निकै ठूलो मतभेद छ ।

Leave A Reply

Your email address will not be published.