नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने नेकपाको निर्णय !

0

काठमाण्डौं – राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयन बारे छ्लफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीका सचिवालय सदस्य एंब प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठ गण्डकी प्रदेशका तर्फबाट राष्ट्रियसभामा उम्मेदवार बन्न लागेका हुन । प्रवक्ता श्रेष्ठ यसअघि प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेपनी तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक एंब पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सँग पराजित भएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारूढ नेकपाको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको भने टुंगो लगाएको छ । सभामुख चयनको बिषय टुंग्याउने बताईएको छ । बैठक अहिले पनि जारी छ ।

यस्ता छन राष्टिय सभामा नेकपाका उम्मेदवारहरु

प्रदेश १ 
इन्दु गौतम (महिला)
गोपी अछाम दलित
देवेन्द्र दाहाल अन्य

प्रदेश २ मा
तुलसा दाहाल महिला
राधेश्याम पासवान दलित

प्रदेश ३ मा
गंगा वेल्वासे महिला
वेदुराम भुषाल अन्य

गण्डकीवाट
नारायणकाजी श्रेष्ठ अन्य
भगवती न्यौपाने महिला

प्रदेश ५
विमला घिमिरे महिला
जगप्रसाद शर्मा अपांगता अल्पसंख्यक
गोपाल भटटराई अन्य

कर्णालीमा

मायाप्रसाद शर्मा अन्य
सुमित्रा विसि महिला

सुदुरपश्चिममा

तारामान स्वार अन्य
शारदा भटट महिला

Leave A Reply

Your email address will not be published.