अमेरिकी हवाई हमलामा जनरल कासिम सुलेमानको मृत्यु

0

एजेन्सी – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आज गरिएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएको पुष्टि गरेको छ । यसअघि मिडियामा मात्रै सो सम्बन्धी समाचार आएकोमा राष्ट्रपतिको निर्देशनअनुसार उनी मारिएको पेन्टागनले स्पष्ट पारेको हो ।

यसअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले आक्रमण गरेर उनीसहित केही मानिस मारिएको समाचार सार्वजनिक भएको थियो ।

इरानको रिभुलस्नरी गार्डले पनि जनरल सोलेइमानी अमेरिकी हेलिकोप्टरमार्फत गरिएको आक्रमणमा मारिएको जनाएको छ । उनीहरुका अनुसार इराकी मिलिसिया नेता अबु महादी अल मुहान्डीज पनि मारिएका छन् ।

अमेरिकी राष्ट्रपतिको निर्देशनमा अमेरिकी नागरिकहरुको सुरक्षाका लागि जनरल सोलेइमानी मारिएको पेन्टागनको वक्तव्यमा उल्लेख छ ।

अमेरिकाले अमेरिकी चासोको विरुद्धमा रहेका संसारका जुनसुकै स्थानमा पनि आफ्ना जनताको सुरक्षाका लागि एक्सन लिइने जनाएको छ । रिपोर्टमा उल्लेख गरिएअनुसार इराकमा केही मिलिसिया प्रमुखहरुलाई अमेरिकाले बगदादमा हिरासतमा पनि लिएको जनाइएको छ ।

तर, औपचारिक रुपमा त्यसबारेमा बताइएको छैन ।

Leave A Reply

Your email address will not be published.