एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

0

काठमाण्डौं – चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ ।

सरुवा भएको १३ दिन बितिसक्दा समेत एसपी मल्लले जिल्ला नछाडेपछी यस्तो निर्देशन दिनुपरेको प्रदेश ३ प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो ।

तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त हाजिर हुन पाएकी थिइनन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई पत्र लेख्दै १२ घण्टाभित्र चितवनबाट रमाना लिएर सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो ।

Leave A Reply

Your email address will not be published.